उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्बियो – Nagarikabhiyan : National News

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म लम्बिएको छ । हिजो उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने  र थप कडाइ गर्ने निर्णय गरेको हो ।

बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा आज सकिँदै गर्दा एक हप्ता थपिएको हो । साथै निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसमेत गरिएको छ । अब अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि खाद्य सामग्रीको पसल विहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था थियो ।