काठमाडौँ उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय – Nagarikabhiyan : National News

काठमाडौँ उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं । गत विहिबारदेखि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा थप एक हप्ता लम्बाइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा कडा नभएको भन्दै अर्काे निषेधाज्ञा अझै कडा बनाउने पनि बैठकले निर्णय गरेको छ । पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।