जनकपुरको बिन्धी चौरमा एक जनाको शव फेला, अनुसन्धान हुँदै – Nagarikabhiyan : National News

जनकपुरको बिन्धी चौरमा एक जनाको शव फेला, अनुसन्धान हुँदै

जनकपुर ।  जनकपुरको बिन्धी चौरमा एक जनाको शव फेला परेका छ ।

जनकपुरधाम वडा नं २३ बिन्धीको चौर र बसहिया नजिकै पर्ने चौरमा आज बिहान मृत अवस्थामा एक जनाको शव फेला परेको छ ।

मृतक को हो र कहाँबाट छ । कसले मारेर फालेको त्यसको  अनुसन्धान इलाका प्रहरी धनुषाले गरि रहेको छ ।

बिन्धी र बसहिया चौरको नजिकैमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरी अहिले घटना स्थलमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।