कोरोनाबाट मृत्यु हुनेको संख्या बढेपछि शव व्यवस्थापनमा समस्या,वागमती किनारमै शव जलाउन सुरू – Nagarikabhiyan : National News

कोरोनाबाट मृत्यु हुनेको संख्या बढेपछि शव व्यवस्थापनमा समस्या,वागमती किनारमै शव जलाउन सुरू

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या हुन थालेको छ । दिन प्रतिदिन  मृत्यु  हुनेको संख्या बढ्दै गएपछि शवदाह गृहमा क्षमता भन्दा धेरै शव जम्मा हुन थालेपछि नेपालमा पनि वैकल्पिक घाटमा अन्त्येष्टि सुरु गरिएको छ ।

यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिको विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गरिँदै आएको  थियो। तर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि काठमाडौंको वागमती नदी किनारमै शव जलाउन सुरू गरिएको छ । अहिले त्यहाँ अस्थायी चिता बनाएर शव जलाउन सुरू गरिएको छ । संक्रमितहरुको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आएको छ ।