वित्तिय संस्थाका कर्मचारी कोरोना संक्रमण फैलाउने माध्यम बन्दै, स्थानीयमा त्रास – Nagarikabhiyan : National News

वित्तिय संस्थाका कर्मचारी कोरोना संक्रमण फैलाउने माध्यम बन्दै, स्थानीयमा त्रास

देवानगंज । गाउँटोलमा समूह बनाएर ऋण तथा बचतको काम गर्दै आएको वित्तिय संस्था तथा लघु बैकंरुका कर्मचारी कोरोना संक्रमण फैलाउने माध्यम बन्ने भएका छन् । कोरोनाको जोखिम उच्च रहेको बेला निर्वाद रुपमा भेला गर्ने, बैठक र किस्ताको नाममा स्वास्थ्य मापदण्ड समेत पुरा नगरी जथाभावकी कर्मचाीहरु ऋण उठाउने गरेकाले स्थानीयमा त्रास पैदा भएको छ । यका तिर सुनसरी जिल्लाभरी नै शनिबार देखी निषेधाज्ञा जारी छ तर यही नियम र निषेधाज्ञाको कुनै पालान भएको देखिएको छैन । प्रसाशनले नियम लगाए पनि यसको कार्यन्वयमा भने प्रशासन आफै उदासिन देखिएको छ । जिल्लामा शनिवारदेखी लागु हुने गरि निषेधआज्ञा जारी गरेको छ तर निषेधमा सबै तिर सवै थोक सहज रुपामा नै संचालन भएको देखिन्छ ।

निषेधाज्ञाको नाममा व्यपारीहरु ब्रहमलुट मच्चाउने दाउमा देखिन्छ भने वितिय संस्थाहरुले यही मौकामा विना परिक्षण गरिएको कर्मचारी खटाएर महिलाहरुलाई भेला जम्मा गरी रकम वा किस्ताको नाममा कोरोना फैलाउन उद्धत देखिएको स्थानीयहरुले गुनासो गरेका छन् । .

सुनसरी सहित देशभरको २५ वटा जिल्लामा निषेधआज्ञ लागाइको छ । तर यस निषेधआज्ञामा पनि लघुवित्त संस्थाहरुले कुनै किसिमको साबधानि अपानाएको देखिदैन यसको एउटै कारण छ । नेपाल राष्टिय बैकंले कुनै किसिमको परिपत्र जारी नगर्नु । लघुवित्त संस्थाका कर्मचारी सबै भन्दा बढी कोरोनाको जोखिममा रहेको देखिएपनि सावधानी शुन्य जस्तै रहेको एक कर्मचारीले बताएका छन् । लघुवित्त संस्थाका संचालक तथा प्रमुखहरु े कोही पनि जवाफदेहि नभएको लघुवित्त संस्थामा काम गर्ने एक जनाकर्मचारीले नागरिक अभियानसंग दुखेसो पोख्नुभयो । नागरिक अभियानले गरेको सर्वे अनुसार लघुवित्त संस्थाहरुले गाउँगाउँमा गएर समुहमा महिलाहरुलाई भेला गर्ने काम गरेकाले कोरोनाको ठूलो जोखिम निमत्याउन सकने सम्भावना रहेको ती कर्मचारीले बताए ।

लघुवित्त संस्थामा काम एक जना कर्मचारीले एक दिनमा कम्तिमा ४० देखि ५० जना सम्म ग्रहाक सदस्यको प्रत्यकक्ष सम्र्पममा जाने गरेको देखिन्छ । तर स्वाथ्य मापदण्डको कुनै पालना नभएको सेवाग्रहीहरुले बताएका छन् ।

आमजनतालाई घर भन्दाबहिर नजने भनेर भनिए पनि लघुवित्त संस्थाका कर्मचरी समुदायमा आएर कोरोनाको त्रास बढाएको देवानगंजका स्थानीय विरेन्द्र मेहताले गुनासो गर्नुभयो । यता देवानगंज, हरिनगर, इनरुवा, झुम्का, इटहरी, लौकही र मधुवन लगायका नेपाल भरि रहेको लघुवित्त संस्थाहरु समेत लाप्रवाही गरि रहेको देखिन्छ । सोही बिषयमा लघ्वित्तिका कर्मचारीहरु संग कुरा गर्दा नेपाल सकारले नै अतिआवयश्यकको सुचिमा बैकं तथावित्तिय संथालाई राखे पछि । आफुहरु समुदायमाजानबाध्यभएको प्रतिकृया दिनुभयो । आजमात्र देवानगंज बजारमा रहेको नेपाल इन्भेष्मेन्ट बैकं सेवाग्रहीको घुईचो देखिको थियो ।