धनुषामा १० दिनको लागि लकडाउन – मंगलबार बिहानदेखि हुदैछ सुरु – Nagarikabhiyan : National News

धनुषामा १० दिनको लागि लकडाउन – मंगलबार बिहानदेखि हुदैछ सुरु

जनकपुर ।  आजको बैठकले जनकपुरसहित धनुषा जिल्लाभरि मंगलबार बिहानदेखि १० दिनको लागि  लकडाउन हुने घोषणा भएको छ ।

आइतबार  संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण फैलिन नदिन  वैशाख २१ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जनकपुरधाम लगायत धनुषा जिल्ला भरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

संंक्रामक रोग एन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।