स्वास्थ्यकर्मीलाई अब लामो बिदा पाइदैन किन ?
१४ बैशाख २०७८, मंगलवार २२:४०
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन दिएको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाउँदै सो निर्देशन दिएको हो ।
केन्द्रले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशतको पालो निर्धारण गरेर सेवा दिनसमेत भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया