आन्तरिक हवाई उडान बन्द नहुने, ५०० बढी सक्रिय संक्रमित भए मात्र नगर-नगरमा निषेधाज्ञा – Nagarikabhiyan : National News

आन्तरिक हवाई उडान बन्द नहुने, ५०० बढी सक्रिय संक्रमित भए मात्र नगर-नगरमा निषेधाज्ञा

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठकले
अन्तरिक हवाई उडान बन्द नहुने जनाएको छ ।

बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भएका छन् । तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भएपछि मात्र स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको हो ।

सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तरिक/अन्तराष्ट्रिय हवाई उडान बन्द नहुने र बाहिरबाट आएका नेपालीहरुलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।