माधव समूहको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार – Nagarikabhiyan : National News

माधव समूहको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समूहका रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नेकपा (एमाले)का वरिष्ठ नेता, भीम रावल, घनश्या भुसाल र सृुरेन्द्र पाण्डेले दर्ता गरेको रिट निवेदनमा सवोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सर्वोच्च अदालतले निर्वाचन आयोग, केपी ओली, सभामुख, संघीय संसद सचिवालय र ईश्वर पोखरेललाई १५ दिनभित्र उक्त मुद्दामा उठाइएका विषयमा जवाफ दिन सोमबार आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशमा पार्टीले कारबाही गरिनसकेकाले अन्तरिम आदेश दिन आवश्यक नभएको उल्लेख गरिएको छ ।