काठमाडौं उपत्यकामा बैशाख १६ देखि लकडाउन घाेषणा – Nagarikabhiyan : National News

काठमाडौं उपत्यकामा बैशाख १६ देखि लकडाउन घाेषणा

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

निषेधाज्ञा अवधिमा सार्वजनिक यातायातका साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेध गरिने छ। पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने बताइएकाे छ ।

आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितिको सक्रिय संख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषधाज्ञा गर्न सिफारिस गरेको थियो। शहरहरूमा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो।