हामी भारतलाई मद्दत गर्न दृढ छौँ – वाइडन / भारतलाई सहयोग गर्न पाकिस्तान तयार – इमरान खान
१३ बैशाख २०७८, सोमबार ०९:०८
काठमाडौ । कोरोना भाइरसको दोस्रो लहर पीडित भारतलाई अमेरिकी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीले भारतको भयावह अवस्थालाई सुध्रिन आवस्यक सहयोग गर्ने बताएका छन ।
अमेरिकी राष्ट्रपति वाइडनले भने, “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्यो, अहिले हामी भारतलाई मद्दत गर्न दृढ छौँ,” उनले बताउनुभएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको छ । उनले भारतलाई सहयोग गर्न पाकिस्तान तयार रहेकोे बताउनुभएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्क्रमणलाई आँधी सरह आएको भनेका छन । उनले भारतका सबै स्वास्थ्यकर्मीलाई प्रविधिको प्रयोगमा छिटो जनतालाई बचाउन अपिल गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया