जनकपुर, जन्ती लिएको हाइसमा अचानक आगलागी हुँदा दुई जना गम्भीर घाइते
११ बैशाख २०७८, शनिबार २२:०५
जनकपुर । आज शनिबार साँझ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको नजिक यात्रुबाहक हाइसमा आगलागी हुँदा दुर्घटनामा दुई जना गम्भीर घाइते भएको छ ।
जनकपुरमा हाइस गुडिरहेको अवस्थामा अचानक आगलागी भएको र डिभाइडरमा ठोक्किएर भएको प्रहरीले जनाएको हो ।
महेन्द्रनगरबाट जन्ती लिएर तिव्रगतिमा फर्किरहेको हाइस अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो । हाइस भित्र राखिएको खाना पाकाउने ग्यासको सिलिण्डर एकआपसमा ठोक्किएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हाइस ठोक्किएपछि दुर्घटनामा दुईजना घाइते समेत भएको धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रले बताए । गाडीमा एक दर्जन जन्ती सवार थिए । जस मधये २ जना घाइते भएको प्रहरी नायव उपरीक्षक मिश्रको भनाइ छ ।
गाडीको नम्बर खुल्न नसकेको छैन भने चालक फरार भएका छन् । उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया