आज थप २,५५९ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु – Nagarikabhiyan : National News

आज थप २,५५९ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ६४ नमुना परीक्षण गर्दा २ हजार पाँच सय ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पीसीआर परीक्षणमा २ हजार ४ सय ४९ र एन्टिजेन परीक्षणद्वारा १ सय १० जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ४ सय १० जना संक्रमित निको भएका छन् ।

सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ छ । पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणद्वारा पाँच जनाको मृत्यु भएको छ ।