आज मिथिलाञ्चलमा बरसाईत पर्व मनाइदै – Nagarikabhiyan : National News

आज मिथिलाञ्चलमा बरसाईत पर्व मनाइदै

देवानगंज । मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ सावित्री अर्थात बरसाईत पर्व मनाइदै । जेठ महिनाको अमावस्याका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरु आफनो पतिको दिर्घायुको कामना गर्दै श्रद्धापूर्वक पूजा पाठ गर्ने गर्दछन् ।

पतिको दिर्घायुको कामना गर्दै आज सुनसरी, सप्तरी लगयत मिथिलाञ्चलका महिलाहरुले बट सावित्री पर्व धुमधामसँग मनारहेका छन् । यसैक्रममा सुनसरीको, देवानगंज गाउँपालिका, बर्जु, हरिनगर, कोशि गाउँपालिका लगायत सुनसरी जिल्लाको सदमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँमा रहेको वरको रुखमा पूजा गरी बटसावित्री पर्व मनाइने गरिन्छ ।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुखको फेदमा बसेर कठोर ब्रत गरी आजैको दिन आफना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले पनि आफ्ना पतिको दिर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धामिर्क ग्रन्थहरुमा उल्लेख रहेको छ ।

त्यसैगरी, यस अवसरमा महिलाहरु पोखरीको डिलमा रहेको बरको रुखमा पूजाआजा गर्ने गर्दछन् । बट सावित्री पर्वको अवसरमा पूजा अर्चना गर्न गाउँघरमा रहेको बरको रुख नजिक बिहानैदेखि महिलाहरुको भिड लागेको छ ।

नव विवाहिताहरु एकदिन अगाडीनै चोखो भएर अरबा अरबाइइन ९शुद्ध० खानेकुरा खाने गर्दछन् भने बट सावित्री पर्व गर्ने सबै महिलाहरु नया बस्त्र लगाई बट सावित्रीको गीत गाउँदै समुहमा पूजा गर्न बरको रुख नजिक पुग्ने गर्दछन् ।

बटसावित्रीको पूजा समाग्रीमा आँप, लिच्ची, मकैको लावा र दुध रहने गरेको छ । पौराणिक मान्यता अनुसार आजकै दिन मृत्यु देवले सावित्रीको पतिको प्राण लिने प्रयास गरेको तर सावित्रीले देखाएको मायाका कारण यमदूतले समेत उनको पतिको ज्यान लिन सकेका थिएनन् । यसैकारण मिथिलाञ्चलका नारीहरु बट सावित्री पूजा गर्ने गर्दछन् ।