यादवलाई फसाएको परिवारजनको आरोप
८ जेष्ठ २०७७, बिहीबार १७:१८
इनरुवा । सुनसरीको कोशी गाउँपालिका ८ भन्टाबारी बजारबाट प्रहरीले पक्राउ गरेको एक युवालाई प्रहरीले फसाउन खोजेको आरोप लगाएको छ । सप्तरीको हनुमाननगर कन्कालनी नगरपालिका वडा नम्बर १४ का कृष भन्ने कृष्ण यादवलाई जेठ ६ गते सुनियोजित रुपमा पक्राउ गरेर सफाएको परिवारजनले आरोप लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) बिनोद शर्माको नेतृत्वको प्रहरी टोलीले यादवलाई पक्राउ गरि चेकजाँच गर्दा केही पनि फेला नपरेको भएपनि केहीबेर पछी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली चोकमा यादवको गाडीमा प्रहरीले नै पुरानो हतियार र लागु औषध राखेर फसाउने नियतले पक्राउ गरेको आरोप पत्रकार सम्मेलन गरी लगाएको हो ।
पत्रकार सम्मेलनमा परिवारजनको तर्फबाट कोशी गाउँपालिका ८ वडा अध्यक्ष समेत रहनुभएका विन्देशवर यादवले कृषको गाडी लकडाउन अगाडीदेखी नै कोशी प्रोजेक्टकको काममा गुडिरहेको र कहिकतै नगएको बेला प्रहरीद्वारा भारतीय गाडीमा लागु औषध फेला भन्ने आरोप लगाएकोमा आफू आश्चर्यकित भएको बताउनुभयो ।
वहाँले सीसी टिभिको फुटेजमा समेत गाडी प्रष्ट देखिएको भएपनि प्रहरीले अपरणशैलीमा कृषलाई प्रहरीले आफ्नो गाडीमा हालेर लगेको र पछि भोक्राहामा प्रहरीले नै यादवको गाडीमा हतियार र लागुऔषध राखेर अन्ययपूर्ण व्यवहार गरेको आरोप लगाउनुभयो । कोशी गाउँपालिका ८ भण्टाबारीमा सयौं स्थानीयहरुले कृषको गाडीमा पानी बाहेकको सामग्री नभएको तर प्रहरीले आफै सो गाडी चलाएर लगेको र भोक्राहामा ल्याएर फेरी गाडीमा कृषलाई राखेर हतियार र लागु औषध रहेको नाटकीय मुद्धा लगाउने प्रयास गरेको दावी गर्नुभयो ।
वडा अध्यक्ष यादवले आफू दिउसै प्रहरीको अपहरण र गुण्डागर्दीशैलीले अच्चम्मित भएको बताउनुभयो । घटनामा मानव अधिकारको समेत राज्यदे हनन गरेको र मानिसलाई दुख दिने नियतले नाटकीय काम गरी फसाएको यादवको आरोप छ । सगैं काम गर्ने अजय कुसियैतले समेत घटनाको विरोध गर्नुभएको छ । प्रहरीले निर्दोष व्यक्तिलाई फसाउने काम गरेको भन्दै विरोध जनाउनुहुदै विना शर्त रिहाको माग गर्नुभयो ।
वहाँले घटनाको निष्पक्ष छानविन गर्नुपर्ने समेत माग गर्नुभएको छ । वहाँ पत्रकार सम्मेलनमा घटना स्थलको सिसिटिभि फुटेज समेत सार्वजनिक गर्नुहुदै दिउसै निर्दोष व्यक्तिलाई फसाउने काम भएको बताउनुभयो । कोशीका प्रत्यक्षदर्शीहरुले समेत घटनामा प्रहरीको ज्यदती रहेको र विना कारण फसाउने काम गरेको दावी गरेका छन् ।
उता सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले घटनाको पुष्टी गर्नुहुर्दै जेठ ६ गते दिनको ४ः३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ भारतीय नम्वर BR50P 124 नं. को स्कारपियो गाडीमा अबैध हातहतियार सहित सप्तरीबाट आउदै छन भन्ने गोप्य सुचना प्राप्त भएकोले तत्काल पुग्दा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं.४ पूर्व पश्चिम लोकमार्ग स्थितमा हतियार र लागु औषध सहित पक्राउ गरिएको बताउनुभयो ।
वहाँले प्रहरीटोली खटि गएको सो गाडीको खोजतलास तथा चेकजाँच गर्ने क्रममा गाडीमा सवार रहेका सप्तरी हनुमानगर कंकालिनी नगरपालिका वडा नं. १४ बस्ने बद्री नारायण यादवको छोरा ३६ वर्षिय कृष भन्ने कृष्ण कुमार यादवलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
यादवको शरिर तथा सवार रहेको गाडी खानतलासी गर्दा सवारीको पछाडी पट्टि मानिस बस्ने सिटको मुनि (झोला) ब्याग फेला पारी उक्त ब्याग खोली हेर्दा उक्त ब्याग झोला भित्र अबैध हातहतियार खरखजना र लागू औषधहरु फेला परेकोले रितपूर्वक बरामद गरी कृष भन्नेलाई पक्राउ गरीएको बताउनुभयो । वहाँले यादव माथि हात हतियार खरखजना ऐन तथा लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान तथा कारवाही भईरहेको बताउनुभयो ।
शर्माका अनुसार यादवको शरिर गाडीमा Dialex Dc 100ml लेखिएको २५ बोतल, spasmo proxyvon plus लेखिएको क्याप्सुल २४ पत्तामा जम्मा ५७६ वटा क्याप्सुल Nitrosun 10 लेखिएको ट्यावलेट १६ पत्तामा जम्मा १६० वटा ट्यावलेट , NitraVet 10 लेखिएको ट्यावलेट ५ पत्तामा जम्मा ७५ वटा ट्यावलेट , .ब्यारेलको भागको लम्वाई १४.६ ईन्च बटको भागको लम्वाई ९.५ लम्बाई फलामको कटुवा पेस्तोल थान १, 11-59, OK 857 / K12-597 भएको र सोको राउण्ड ३ थान समेत बरामद भएको बताउनुभयो ।
भारतीय नम्वर प्लेट भएको BR 50 P 1241 नं. को स्कारपियो गाडी थान १, Lava कम्पनीको किप्याड भएको सिम कार्ड सहितको मोबाईल थान १ समेत बरामद भएको बताउनुभयो । कुनै सुनियोजित नभई अपराधीक कार्य गरेकाले पक्राउ गरेको शर्माको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया