ठूला शहरका विद्यालयमा १ महिना अनलाइनबाट नै कक्षा संचालन गराउन मन्त्रालयको सुझाव
३१ चैत्र २०७७, मंगलवार १५:५९
काठमाडौँ । काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय १ महिनासम्म बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ ।
यो महिना भित्रमा अनलाइनबाट नै कक्षा संचालन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया