शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने
३१ चैत्र २०७७, मंगलवार १०:०६
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय गर्नुभएको छ ।
कोरोनाको सङ्क्रमण बढे पनि यसलाई रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया