थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो – Nagarikabhiyan : National News

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । थप ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ।

प्रदेश नम्बर १ को प्रयोगशाला र रुपन्देहीको भैरहवा प्रयोगशालामा गरिएका परीक्षणबाट थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।