इनरुवा अस्पालमा बेथिति नै बेथिति : किन मौन छन् सम्बन्धित निकाय ? – Nagarikabhiyan : National News

इनरुवा अस्पालमा बेथिति नै बेथिति : किन मौन छन् सम्बन्धित निकाय ?

देवानगंज ।  नेपाली उख्खान जस्तै बनेको छ सुनसरी सदरमुकाम इनरुवाको जिल्ला अस्पतालमा देखिएको बेथिति । भनिन्छ जुन जोगी आएपनि कानै चिरेकोे । यस्तै भएको छ इनरुवा अस्पतालको अवस्था ।

जिल्लाको सदरमुकाममा रहेको इनरुवा अस्पतालको सुधारका लागि सरकारी निकाय मात्रै होईन सुधारको माग गर्दै इनरुवा नगर सुशासन अभियान अन्तरगत इनरुवा अस्पताल सुधार संघर्ष समितिले ज्ञापन पत्र, धर्ना र घेराउसम्मको आन्दोलन गरेपनि स्वास्थ्यकर्मी र चिकित्सकमा कुनै सुधार देखिएको छैन ।

इनरुवा अस्पतालमा देखिएको समस्या र बेथिति अन्त्य गर्न केही महिनादेखी गरेको संघर्ष कार्यक्रमबाट सुनुवाई नभएकोले आन्दोलनकारीहरु वृहत प्रदर्शन गर्दै धर्ना सहितको कार्यक्रम गरेको महिनौ वितेको छ । यहाँ केही डाक्टर पनि बीचमा आएको तर सुधारको संकेत देपिखएको छैन् । इनरुवा अस्पताल ५० सैयाको भएपनि सुविधा ५ बेडको जस्तो समेत नभएको भन्दै सर्वसधारण असन्तुष्ट बनेका छन् । स्वास्थ्य सेवा प्रति सेवाग्राहीको विश्वास गुम्दो अवस्थामा पुगेकोमा नागरिकहरु चिन्ता व्यक्त गर्दै आएका छन् ।

यसबीचमा केही डाक्टर र कर्मचारी तथा एक्स रे शाखामा पनि कर्मचारी थपिएको छ तर सोवमा भने कुनै सुधार आएको छैन् । अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन कयौं अल्टिमेटम सहितको ज्ञापन पत्र र आन्दोलनहरु सम्पन्न भएपनि सरसपाई, सेवामा तुरुस्तता, सुधार देखिएको छैन् । यस अघि अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारी , प्रदेश मूख्य मन्त्री र मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउदाँ समेत सुनुवाई नभएको अवस्था छ ।

अस्पातल प्रशासनले राम्रो काम गरेको भएपनि अस्पतालमा सेवामा कार्यरत्त स्वास्थ्य तर्फका कर्मचारीको मनोमानीसँगै अस्पतालको ड्युटी समयमा डाक्टर नभेटिने, सेवाग्राहीले भरपर्दो सेवा पाउन नसक्नुका साथै औषधी उपलब्ध नहुने र बिमा कार्यक्रम निस्प्रभावी भएको आरोप लागाएको छ ।

अस्पताल विकास समितिले करारको कर्मचारी राखेरअस्पताललाई भद्रगोल बनाएको छ । नगरिक अभियानको सर्भे अनुसार रिक्त दरबन्दी रहेको ठाउँमा दरबन्दी अनुसारको कर्मचारी माग गर्दा अस्पताल व्यबस्थापन समिले ल्याउन नदिएको देखिन्छ । अस्पाताल व्यवस्थापन समितिको कारणले नै स्वास्थ्यकर्मीहरु व्यक्तिगत स्वार्थमा लिप्त भएकाले अस्पतालको सेवामा सुधार हुनसेको छैन ।

अस्पालको ल्यावमा कम्यूटर भए पनि दक्ष कर्मचारी नहुदा ल्याव रिर्पोटहरु हातले नै लेखेर दिने गरको सेवा ग्राहीहरुको गुनसो रहेको छ । काररमा रहेको कर्मचारीहरुको ज्यादती यती सम्म छकि, करार चिकित्सक, ल्याब कर्मि लगायतकोले राति ८ बजे कोरोना जोखिम भत्ता को विषयलाई लिएर नि मे सु डा सन्तोष राई को क्वाटर पुगेर धम्कि दिदा नि मे।सु। काज सरुवा गराई मन्त्रालय गए देखि अस्पताल मेसु विहिन बनेको छ । जस्ले गर्दा अस्पतालको चौतर्फि असर परेका देखिन्छ।

काम गर्ने ईच्चा हुदा हुदैपनि अस्पतालको घिनलागदौ राजनिति र स्थानिय केही जनताले कर्मचारिसग गर्ने नराम्रो व्यवहारले गर्दा कुनै पनि कर्मचारि दरबन्दीमा बस्न न खोजेको देखिन्छ ।

यता अस्पताल प्रशासनका अनुसार प्रशासनले जती नै राम्रो प्रयास गर्दा पनि डाक्टर र स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीको असहयोगका कारणले काममा प्रभावकारीता नआएको हो । इनरुवा अस्पातलको यस्तो दैनिय अवस्था हुदाँ समेत सम्बन्धित निकायले चासो नलिदा सेवाग्राहिको विजोग भएको देखिन्छ ।