पाकिस्तानमा कोरोनाबाट अहिलेसम्मकै धेरैको मृत्यु
८ जेष्ठ २०७७, बिहीबार ०७:४५
एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ भने २ हजार नयाँ संक्रमित थपिएका छन् । यो आँकडा पाकिस्तानमा एकैदिन संक्रमित र मृत्यु हुनेमध्ये एक हो ।
पाकिस्तानमा कोरोनाबाट हालसम्म ४५ हजार संक्रमित भएका छन् भने ९ सय ८५ जनाको मृत्यु भएको छ । १३ हजार उपचारपछि निको भएका छन् ।
पाकिस्तान कोरोनाबाट भारतपछि दक्षिण एसियामा सबैभन्दा बढी प्रभावित देश हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया