सितागञ्ज प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान घुस लिदै गर्दा पक्राउ – Nagarikabhiyan : National News

सितागञ्ज प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान घुस लिदै गर्दा पक्राउ

देवानगंज । सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार रुपैया घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ मागेका थिए । उक्त सूचना पाएपछि अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले उक्त रकमसहित नियन्त्रणमा लिएको हो । उनलाई सो रकम लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका( १४ स्थित नोबेल मेडिकल कलेजको गेटनजिकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।