भारतबाट न्युजिल्याण्ड जान रोक – Nagarikabhiyan : National News

भारतबाट न्युजिल्याण्ड जान रोक

न्युजिल्यान्डका प्रधानमन्त्री जैकिंडा अरडिनले कोविड १९ का संक्रमित बढेका देशबाट न्युजिल्याण्ड प्रवेशमा रोक लगाईएको बताएकि छिन। उनले  भारतबाट आउने सबै यात्रुहरूको लागि न्युजिल्याण्ड प्रवेशमा रोक लगाईएको छ यसक्रममा भारतबाट आउने न्युजिल्याण्डका नागरिकहरु समेतलाई रोकिने भएको छ। तर यसरि रोक अस्थायी रुपमा लगाईएको स्पष्ट पारिएको छ।

यसरि आगामी आईतवारदेखि अप्रिल महिनाको २८ तारिखसम्म रोक लगाईएको छ।

न्यूजिल्याण्डमा भेटिएका संक्रमित व्यक्ति  भारतबाट आएको पाईएकोले न्युजिल्याण्डले यससम्बन्धमा समीक्षा गरिरहेको छ। न्युजिल्याण्डमा पछिल्लो पटक भेटिएका २३ जना संक्रमित मध्ये १७ जना भारतबाट आएको पाईएको थियो।