देवानगञ्ज स्वास्थ्य चौकीमा सशस्त्र प्रहरी बल द्वारा रक्तदान कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

देवानगञ्ज स्वास्थ्य चौकीमा सशस्त्र प्रहरी बल द्वारा रक्तदान कार्यक्रम सम्पन्न

देवानगञ्ज । देवानगंजमा आज सशस्त्र प्रहरी बल द्वारा गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका वडा न. २ स्थित रहेको स्वास्थ्य चौकी प्रांगणमा बुधबार रक्तदान कार्यक्रम आयोजना भएको हो ।

नेपाल रेड क्रस सोसाइटी देवानगँज उपशाखाको आयोजनमा सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट साहेवगँज, कप्तानगँज, घुुस्की, अमडुवाको विशेष सहयोगमा आयोजित रक्तदान कार्यक्रम सम्पन भएका छन् ।

रक्तदान कार्यक्रमको प्रमुख अतिथिको रुपमा गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताले ब्लड प्याक प्रदान गरि उद्घाटन गर्नुभएको थियो । साथै उहाँले रक्तदान जस्तो पवित्र कार्यमा उपस्थित हुन पाएकोमा दुई शब्द भन्दै खुशी व्यक्त गरेका हुन् ।

नेपाल रेड क्रस सोसाइटी देवानगँजका उपशाखा अध्यक्ष ईमरान अनसारीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । भने सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट कप्तानगँजका सशस्त्र प्रहरी निरिक्षक भुपेन्द्र बस्नेतले सुरक्षित सिमा सुरक्षित जिवन भन्ने आवधारणा सहित ४३ जना सशस्त्र प्रहरी कर्मचारी १० जना नेपाल प्रहरीले र ६ जना सर्बसधारणले रक्तदान गरेको वडा न. २ का अध्यक्ष मजलुम अन्सारीले नागरिक अभियानका सम्बाददातलाई जानकारी गराउनुभयो ।

कोरोना भाइरसको विश्वव्यापी महामारी र लकडाउनको कठिनाइमा स्वास्थ्य संस्थाहरूमा रगतको अभाव नपर्ने मध्यनजर गर्दै ” सुरक्षित सिमा सुरक्षित जिवन ” भन्ने आवधारणाका साथ र विगतमा रगतको अभावमा बिरामीले सास्ती व्यहोर्नु परेको अवस्था समेत रहेको यथार्थ स्मरण गर्नुहुँदै केही थोपा रगत दिएर कसैको जीवन बचाउन सकियो भन्ने सोचका साथ आज देवानगंजमा सशस्त्र प्रहरी बलद्वारा रक्तदान कार्यक्रम गरिएको छ ।