पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजको माग गर्न प्रदर्शनमा उत्रेका नेपाली काँग्रेस वी.पी. का ९ जना पक्राउ – Nagarikabhiyan : National News

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजको माग गर्न प्रदर्शनमा उत्रेका नेपाली काँग्रेस वी.पी. का ९ जना पक्राउ

काठमाडौं ।  पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेजको माग गर्न प्रदर्शनमा उत्रेका नेपाली काँग्रेस वी.पी.  का ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

 

नेपाल आयल निगमको गेटमा शान्तिपूर्ण धर्ना बस्दा प्रदर्शनका क्रममा  प्रहरीले पक्राउ गरेर पुलिस क्लब भृकुटीमण्डपमा राखेको हो ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्यहरु श्यामबहादुर गुरुङ, प्रद्युम्न कार्की, दुर्गा घिमिरे सहित नेताहरु रोमन पुरि, सर्वजित शेरचन, विरबहादुर बम्जन, धना आचार्य , रुकुमणि श्रेष्ठ र सुशिलराज वाग्ले रहेका छन् । काँग्रेस बीपीले पक्राउ परेकाहरुको तत्काल रिहाइको माग गरेको छ ।