शारीरिक सम्पर्क गर्ने विषयमा विवाद : बसभित्रै महिलाको हत्या ४ जना पक्राउ
२४ चैत्र २०७७, मंगलवार १९:३४
काठमाडौं । काभ्रे प्रहरीले महिलाको हत्या आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ । शारीरिक सम्पर्क गर्ने विषयमा विवाद हुँदा बसभित्रै एक महिलाको हत्या गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बनेपा नगरपालिका—८ स्थित बसपार्कमा पार्किङ गरी राखेको बा २ ख २४२७ नम्बरको बसभित्र एक ३५ वर्षीया महिलाको हत्या भएको थियो ।
गत आइतबार बसभित्र एक महिला मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने कार्यमा विवाद भई घटनामा आफूहरुको पहिचान खुल्ने डरले सबैजना मिली हत्या गरेको खुल्न आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया