एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद निलम्बन !
२४ चैत्र २०७७, मंगलवार १५:५४
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रले संसद सचिवालयमा प्रतिनिधिसभा सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गाैरीशंकर चाैधरीको सांसद पद निलम्बन गरेको जानकारी संसद सचिवालयमा गराएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले आज संसद सचिवालयमा ४ सांसदहरुलाई पार्टी सदस्य र सांसदसमेत नरहने गरि कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गराएका हुन् । ४ जना सांसद नै केपी शर्मा ओली नेतृत्चको सरकारमा मन्त्री छन भने, उनीहरुले नेकपा एमाले (ओली पक्ष)मा प्रवेश समेत गरेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया