बर्दियाबाट सदर चिडियाखानामा ल्याइयो नरभक्षी बाघ
२४ चैत्र २०७७, मंगलवार १४:३५
काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ। मान्छेमाथि आक्रमण गर्ने १० वर्षको भाले बाघलाई निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाइ नियन्त्रणमा लिइएको हो। बाघलाई बर्दियाबाट गाडीमा हालेर चिडियाखानामा ल्याइएको छ।
आइतबार ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका गडकलाई बाघले आक्रमण गरेको थियो। सो बाघको आक्रमणमा परी गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूले ज्यान गुमाएका थिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया