इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी – Nagarikabhiyan : National News

इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी

देवानगंज । सुनसरीको इटहरी १२ खनारस्थित तिरूपति प्लाइ उद्योगमा सोमबार बिहानै देखि भिषण आगलागि भएको छ । आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको छ । आगलागीको कारण भने खुलेको छैन ।

सोमबार बिहान सवा सात बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए । उनका अनुसार विभिन्न ठाउँबाट दमकल परिचालन गरी आगलागी नियन्त्रणको प्रयास जारी रहेपनि आगलागी नियन्त्रण हुन सकेको छैन । इटहरी देखि दमक सम्मका दमकल तथा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीय बासिन्दा खटिएका छन् । आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ, यन्त्र उपकरण, भौतिक संरचनाका साथै महत्वपूर्ण कागजात जलेको उनको भनाइ छ । आगलागीको कारण हालसम्म पत्ता नलागेको बताउँदै एसपी थापाले क्षतिको विवरणसमेत यकिन भइनसकेको जानकारी दिए ।