राष्ट्र बैंकमा कार्यरत महिला कर्मचारी पक्राउ
२२ चैत्र २०७७, आईतवार १९:१८
काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारीलाई पक्राउ गरिएको छ। बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
‘प्रहरीका अनुसार, जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्दै सरकारी वकिलको कार्यालयमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो ।
सुष्माले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको दावी छ ।
यस्तै सृजना फाइन्नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ती गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा भनिएको छ ।
पक्राउृ परो उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया