म्यानमारमा सेनाले चलाएको गोलि लागेर ५५० नागरिकको मृत्यु – Nagarikabhiyan : National News

म्यानमारमा सेनाले चलाएको गोलि लागेर ५५० नागरिकको मृत्यु

काठमाडौं ।  म्यानमारमा सेनाले चलाएको गोलीबाट ५५० प्रदर्शनकारीको  ज्यान गएको छ ।

 

म्यानमारमा  गत फेब्रुअरी १ देखि सैन्य शासन लागू भएको दुई महिना पुगिसकेको छ ।  त्यसबेलादेखि हालसम्म त्यहाँ सैन्य शासनको विरुद्ध तथा लोकतन्त्र पुनर्स्थापनाको पक्षमा लगातार विरोध प्रदर्शनमा सेना तथा प्रहरीको गोली लागेर कम्तीमा ५५० जनाको मृत्यु भएका छन् ।  प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुमाथि सेनाले जथाभावी गोली चलाएको हो ।

 

प्रजातन्त्र  पुनःस्थापनाको माग राख्ने  म्यानमारका प्रदर्शनकारीलाई  सेनाले झण्डै तीन हजारलाई पक्राउ गरी थुनेको मानव अधिकार संस्थाहरुले जनाएका छन् ।