जसपा र कांग्रेस बिच के-को छलफल नहुँदा माओवादी केन्द्रको बैठक भयो स्थगित ?
२२ चैत्र २०७७, आईतवार ११:५३
काठमाडौ । आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएका छन् । कांग्रेस र जसपासँग छलफल नगरी निर्णय गर्नुको अर्थ नहुने देखिएकाले माओवादी केन्द्रले बैठक स्थगित गरेको हो एक स्थायी कमिटी सदस्यले बताएका छन् ।
आज बस्ने माओवादी केन्द्रको स्थायी कमिटि बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो । तर बिहान ११ बजे बोलाइएको बैठक स्थगित भइसकेको छ । नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) सँगको छलफलपछि मात्रै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक हुनेछन ।
कांग्रेसले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि कांग्रेस र जसपासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक छलफल गरिसकेका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने घाेषणा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया