सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि कारबाही, ६ महिनाका लागि सदस्यबाट निलम्बन
१९ चैत्र २०७७, बिहीबार १३:१८
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित गरेका छन् ।
पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेएको प्रधानमन्त्री निकट एक नेताले बताए । ‘स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएका कारण घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ,’ उनले भने ।
एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बित गरेका छन्।
ओलीले यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया