बेपत्ता ७ किशोरीहरु नगर मेयरको सक्रियताले भेटिए
१८ चैत्र २०७७, बुधबार १०:५१
काठमाडौं । महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका ७ जना बालिका/किशोरीहरु एकैसाथ बेपत्ता भएकी थिए ।
मंगलबार दिउँसो करिब २ बजेतिर घाँस काट्न भनेर घरबाट निस्किएका उनीहरु रातिसम्म घर नफर्किएपछि उनीहरुका परिवार/आफन्तले नगर मेयरलाई समेत खवर गरेका थिए । भंगहा नगरपालिका वडा नम्वर ८ धर्मपुरमा बस्दै आएका उनीहरु नागेदार भित्रकै हुन्। पासवान परिवारका सात बालिका तथा किशोरीहरु बेपत्ता भएका थिए ।
भंगहा नगरपालिका का मेयर सन्जिब साहले जानकारी दिनुभयो र उहाँले सशस्त्र प्रहरी र सेना समेत परिचालन गरि खोजीविन गरिदिन समेत आग्रह गर्नु भएको थियो । आज बिहान हराएका सबै चेलीहरु मेयरको सक्रियताले भेटिएकी छिन् । उनीहरुलाई भारतको सीतामढीबाट नेपाल ल्याइदैंछ ।
बेपत्ता हुनेहरुमा भंगहा नगरपालिका–८ धर्मपुर टोलका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया