शुक्रबारदेखि लागेको तुवाँलोले हवाइ उडान प्रभावित भएको आज ५ औं दिन – Nagarikabhiyan : National News

शुक्रबारदेखि लागेको तुवाँलोले हवाइ उडान प्रभावित भएको आज ५ औं दिन

काठमाडौं ।  शुक्रबारदेखि लागेको तुवाँलोले मौसम प्रतिकूल बन्दा सबैभन्दा बढी नोक्सान हवाइ क्षेत्रले व्यहोर्नुपरेको छ ।

देशभर मौसम खराब हुनाले पाँच दिनदेखि हवाइ उडान प्रभावित बन्न पुगेको छ । अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आकाशमा डम्म तुवाँलो लागेर ‘भिजिबिलिटी’ कमजोर भइदिँदा त्रिभुवन विमानस्थलबाट हुने अधिकांश आन्तरिक उडान रद्द भए । हेलिकप्टरको उडान झनै प्रभावित भयो ।