ढुक्क हुनुस् साउनदेखि वृद्धभत्ता बढ्ने र रेल पनि छिट्टै कुदाउने – प्रधानमन्त्री ओली – Nagarikabhiyan : National News

ढुक्क हुनुस् साउनदेखि वृद्धभत्ता बढ्ने र रेल पनि छिट्टै कुदाउने – प्रधानमन्त्री ओली

काठमाडौं ।  राजधानीमा मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा  बोल्दै प्रधानमन्त्री केपी ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । उनले साउन १ गतेदेखि वृद्धभत्ता बढ्ने घोषणा गरेका हुन् ।

 

प्रधानमन्त्री ओलीले भने, सरकार बनाउने वित्तिकै यो किन गरिएन त्यो किन गरिएन भनेर धुम मच्च्याइयो, कसैलाई आपत्ति लाग्ला । साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ ।

 

सरकारले नि:शुल्क कोरोनाविरुद्ध खोपको व्यवस्था गरेको र २० औं लाख जनताले लगाइ सकेको उनले बताए। प्रधानमन्त्री ओलीले रेल किनेर ल्याइसकेको र अब छिट्टै सञ्चालनमा आउने दावी गरे।