तराईमा होली पर्व मनाइँदै, तराईका जिल्लामा आज सार्वजनिक बिदा – Nagarikabhiyan : National News

तराईमा होली पर्व मनाइँदै, तराईका जिल्लामा आज सार्वजनिक बिदा

काठमाण्डाै ।  तराईका जिल्लाहरुमा आज धुमधामका साथ होली पर्व मनाइँदैछ ।

हिजो आइतबार देशका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाइएको छ भने आज तराई मधेशका जिल्लाहरूमा  रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, होलीका गीत गाउँदै पर्व मनाइँदै छ ।

असत्यमाथि सत्यको विजय भएकाे उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ । तर, यसपालि कोरोनाको जोखिम बढेकाले सामूहिक रुपमा होली नमनाउन सरकारले आग्रह गरेको छ ।

भारतसँगका सीमा क्षेत्रमा कोरोना महामारीको जोखिम उच्च रहेकाले सार्वजनिकस्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सरकारले आग्रह  गरेको छ । आज तराईका जिल्लामा सार्वजनिक बिदा छ ।