नहरमा पानी छाड्न माग गर्दै पर्दशन र प्रशासनमा ज्ञापन – Nagarikabhiyan : National News

नहरमा पानी छाड्न माग गर्दै पर्दशन र प्रशासनमा ज्ञापन

सुनसरी मोरगं सिचाई आयोजनाको नहरमा पानी छाड्नुपर्ने माग गर्दै किसानले सदरमुकाम इनरुवामा पर्दशन सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । नहरमा पानी नछाडेको कारणले करौडो मकै, सूर्यमुखी र केराबारीमा क्षती पुगेको भन्दै किसान आक्रोषित बन्दै प्रदर्शन गरेका छन् । सिजनमा पानी दिनुपर्नेमा मर्मत सम्भारको नाममा सिचाई कर्मचारी र जल उपभोक्ता समिति र उपभोक्ता महासंघका यादवका अनुसार उपभोक्ता समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललाई ज्ञापन पत्र बुझाइएको छ । पोखरेललाई बुझाएको ज्ञापन पत्रमा नहरमा पानी दिनुपर्ने, विना सूचना नहर बन्द गर्नेलाई कार्वाही गर्नुपर्ने, नहरमा पानी नदिएपछि करौडो क्षती भएकाले त्यसको क्षतीपुर्ती दिनुपर्ने माग गरिएको छ । ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार यहाँ सयौ हेक्टर क्षेत्रफलको केरा खेती र १२ हजार हेक्टरको मकैबाली सहित तरकारीमा पानी लगाउने समय आएकाले दुईसाता अघि नै विना सूचना नहरमा पानी बन्द गरेकाले किसान अक्रोर्षित बनेको र तीन दिन भित्र पानी नछाडे सडक सर्घष गर्ने चेतावनी दिएको छ । यसैबीच सुनसरी सदरमुकाम इनरुवाका किसानहरुले सुनसरी मोरग सिचाई योजनाको नहरमा पानी छाड्न माग गर्दै प्र्रदर्शन गरेका ्छन् । यहाँका किसानहरुले इनरुवामा पर्दशन गर्दै तत्काल नहरमा पानी छाड्न माग गरेको र ज्ञापन पत्र बुझाएकाले सहायक प्रजिअ पोखरेलले सिचाई डिभिजन र आयोजनाका निर्देशकलाई फोन गरी सम्बोधन गर्न आग्रह गर्दा तीन दिन भित्र पानी छाड्ने प्रतिकृया दिएको किसानलाई वहाँले सुनाउनुभया । सुनसरीको हरिपुर शाखा, सिशुवा शाखा, शंकरपुर शाखा, सितागञ्ज शाखा, अमडुवा शाखा नहर सहितका नहरमा पानी नदिएकाले किसान आक्रोसित बनेका छन् । सिचाई योजनाका कर्मचारी र जलउपभोक्ता सहितको लापर्वाही कारणले सिजनमा नै पानी रोकेकाले सञ्चालनको माग गरिएको छ ।
मकैं, गहुँ र केरा तथा तरकारी किसानले वर्षा नभएको र नहरमा पानी सुकेकाले किसानहरू समस्यामा परेको भन्दै आक्रोस पोखेका हुन् । काम नभएको बेला र अफ सिजनामा आफैँ नहरमा पानी प्रयाप्त पानी दिएर किसानलाई असर पारेको र अहिले सिजनमा नहरमा पानी नदिदाँ सिँचाइ आयोजनामा ध्यानाकर्षण गराउदै आन्दोलनको चेतावनी दिएका छन् । इनरुवा नगरपालिका ९ का किसान श्याम यादवले आयोजना र समितिसँग कुरा राख्दा नहर सरसफाई गरी बिग्रेर भत्किएको ठाउँमा मर्मत गर्ने , विकासको काममा दुई महिना लाग्ने भएकाले थप आक्रोषित बनेको बताउनुभयो । नहरमा पानी पुर्याइदिन माग गरेका हुन । नहरमा पानी नआउँदा मकैं बाली सुक्न थालेको भन्दै किसान थिर प्रसाद भट्टराईले गुनासो गर्नुभयो ।


२, सुनसरी मोरगं सिचाई आयोजनाको नहरमा पानी छाड्नुपर्ने माग गर्दै किसानले सदरमुकाम इनरुवामा गरेको पर्दशन र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनु अघि सुकेको मकै पर्दशन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा