कोरोना संक्रमण रोकथामका लागि लकडाउन नहुने – अर्थमन्त्री विष्णुप्रसाद पौडेल
१२ चैत्र २०७७, बिहीबार १६:०१
काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि लकडाउन नहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट बताउनुभएको छ ।
कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अबस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउनु पर्छ । तर लकडाउन र सीमानाका बन्द नगरिने जनाएको छ ।
हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ, त्यसबाट हामी जोगिनु पर्ने र अहिले सरकारले लकडाउन गर्नेतर्फ सोचेको छैन, उनले बताउनुभयो ।
अर्कोतर्फ अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन् । कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘हामी बजेटको तयारीमा जुटेका छौं । सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया