कोरोना संक्रमितको संख्या उच्च भए मात्र लकडाउन हुने
११ चैत्र २०७७, बुधबार १७:२६
काठमाडौँ । देशभर कोरोना संक्रमितको संख्या उच्च हुन गएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्नेमा लकडाउन हुन सक्ने बताए । तसर्थ संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ। दोस्रो चरणको कोरोना महामारी न्यूनिकारण लागि सबै सर्तक हुनुपर्छ । विशेष गरी दीर्घ रोग भएका व्यक्तिले सावधानी अपनाउने र शंका लागेमा तुरुन्त जँचाउनुपर्छ ।
भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ । मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया