सरकारले लकडाउनको कुनै निर्णय गरेका छैनन् – भिडभाडबाट सतर्कता अपनाउन मात्र अनुरोध – Nagarikabhiyan : National News

सरकारले लकडाउनको कुनै निर्णय गरेका छैनन् – भिडभाडबाट सतर्कता अपनाउन मात्र अनुरोध

काठमाडौ ।  नेपालमा लकडाउन भएको आज एक वर्ष पूरा भइसकेको छ । २०७६ चैत ११ गते देशभर लकडाउन भएको थियो ।

 

विश्वभर फैलिएको कोभिड १९ संक्रमणको डरले लकडाउनमा देशभरका मानिस घरभित्र नै थुनिए । आधा वर्षभन्दा बढी समय नेपालीले लकडाउन खेपरे नै बिताए । लकडाउन भएको एकवर्ष भएको समयमा नै फेरि लकडाउनको झल्को दिनेगरी संक्रमितको सङ्ख्या बढ्नु र प्रशासनले समेत सक्रियता देखाएकाले फेरि देशभर नै लकडाउन त हुने होइन भन्ने मानिसमा आशंका बढेको छ। सरकारले के साँच्चिकै लकडाउन गर्ने तयारी गरिरहेको त छैन?

 

एक वर्ष बितिसक्दा फेरि छिमेकी राष्ट्र भारत लगायत अन्य देशहरुमा कोभिड संक्रमितको सङ्ख्या ह्वातै बढेको छ ।  स्वास्थ्य मन्त्रालयले छिमेकी राष्ट्रमा कोभिड १९ संक्रमितको सङ्ख्या बढेकाले नेपालमा पनि सतर्कता अपनाउनु अनुरोध गरेको छ ।  त्यस्तै सभा समाहरो, सार्वजनिक भिडभाडका कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ।

 

सरकारले भारतबाट अनुदान र खरिद गरेर ल्याएको कोभिड १९ विरुद्धको खोप पनि आंशिक रुपमा लगाइएको छ। तर पर्याप्त मात्रा खोप लगाउन सकिएको छैन ।  अहिले तत्काल नै लकडाउन गर्नुपर्ने देखिएको छैन । सरकारले लकडाउनको विषयमा अहिले सोचेको छैन । लकडाउनकै विषयमा कुनै पनि कुरा भएको छैन। स्वास्थ्य मन्त्रालयले भने अनुसार व्यवस्था गर्न जिल्लाहरुमा आवश्यकता अनुसार निर्देशन दिइएको हो ।