मोटरसाइकल दुर्घटनमा चौधरीको मृत्यु – Nagarikabhiyan : National News

मोटरसाइकल दुर्घटनमा चौधरीको मृत्यु

राजविराज । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताह(गिदखोरा)मा मंगलबार साँझ ७ बजेर ३० मिनेटमा मोटरसाइकल दुर्घटना हुदा एक जना युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको कंचनरुप नगरपालिका ५ पिपरापुर्व बस्ने अन्दाजी २० बर्षीय देब कुमार चौधरी रहेको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिनुभयो ।

भारदहबाट कंचनपुर तर्फजादै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकल राजमार्गको सडकमा आफै अनियन्त्रित हुदा दुर्घटना भएको थियो ।