नेकपा (माओवादी केन्द्र) सुनसरीको बैठक सम्पन्न
१० चैत्र २०७७, मंगलवार २१:१०
नेकपा माओवादी केन्द्र सर्वोच्च फैसला पछि आफ्नै अस्तिथ्वमा आएकाले त्यसको जिल्ला तथा नगर , गाउँ कमिटिसम्म सकृय पार्ने कार्य सुरु भएको छ । यसै क्रममा नेकपा माओवादी केन्द्र सुनसरीको बैठक सम्पन्न भएको छ । पार्टीले आफ्नो ६७ सदस्य जिल्ला कमिटि मध्ये पाँच जना अरु लागेको हल्ला आएको र पार्टीको विधान विपरितको कार्य गरेकाले उनीहरुलाई पार्टीमा फिर्ता हुन निर्देशन सहित स्पस्टीकरण सोधिने निर्णय गरेको छ । जिल्ला पार्टी कार्यक्रममा सम्पन्न भएको जिल्ला कमिटीको बैठकले नेकपा एमाले तिरलागेकाहरुलाई फिर्ता हुन निर्देशन दिने र उनीहरुलाई स्पस्टीकरण सोधिने निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पुले जानकारी दिनुभयो ।

हाल सरकारमा रहेको नेकपा एमालेको प्रलोभनमा परेका नेताहरुलाई आफ्नो पार्टीमा फिर्ता हुन आग्रह सहित स्पष्टीकरण सोधिने भएको छ । नेकपा केन्द्रका नेता रामकुमारी चौधरी, विश्व थारु,नरेनद्र बस्नेत, निर्मल बराल सहितका नेताहरुको उपस्थितीमा भएको बैठकले अरु तिर गएकाहरुलाई फिर्ता हुन निर्देशन दिएको हो । त्यसैगरी जिल्लाको १२ वतै स्थानीय तह सहित १२४ वटै वडामा वडा तहसम्मको कार्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पुले जानकारी दिनुभयो । 
बैठकमा पार्टीका प्रदेश सह इन्चार्ज सावित्रि काफ्ले समरले जिल्ला कमिटीको बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएकाले राम्रो भएको बताउनुहुदै पार्टीलाई वडा तहसम्म मजवुता पार्ने अभियान चलाउन जरुरी रहेको बताउनुभयो । वहाँले सर्वोच्चले नेकपालाई खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएकाले सबै नेताकार्याहरु पनि पूर्ववत अवस्ता फर्किएर पार्टी, देश र जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो । दुई दल अलग भएपछि माओवादी केन्द्रले आफ्नो संगठनको विस्तार अभियानलाई तिव्र पारिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया