इटहरीमा पनि देखियो कोरोना संक्रमण, सुनसरीमा २ जना थपिए – Nagarikabhiyan : National News

इटहरीमा पनि देखियो कोरोना संक्रमण, सुनसरीमा २ जना थपिए

इटहरी । सुनसरीमा २ जना कोरोना संक्रमित थपिएका छन् । जसमद्धे १ जना इटहरी का युवा रहेका छन् । इटहरीमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

इटहरी उपमहानगरपालिका वडा नम्बर २ का एक जना १८ वर्षका पुरूषमा कोरोना भेटिएको हो । खोटाङ्ग स्थायी घर भई  इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने १८ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमका अनुसार धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणबाट ती युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको बिषयमा थप विवरण लिने काम भईरहेको उपमेयर गौतमले जानकारी दिनु भयो । उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा राखेर उपचार गराईरहेको प्रतिष्ठानले जनाएको छ ।

उनि ज्वरो आएर धरान बिपि प्रतिष्ठान पुगेको बताइएको छ । यस्तै  सुनसरीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रमा खटिएका एक सशस्त्र प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ। उनीको पनि स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

सुनसरीमा हिजो गढी गाउँपालिकाका एक व्यक्तिमा संक्रमण पुस्टि भएको थियो । अब सुनसरीमा कोरोना संक्रमित को संख्या ३ पुगेको छ ।