दिल्लीमा २१ वर्ष पुगेकाले मदिरा पिउन पाउने – Nagarikabhiyan : National News

दिल्लीमा २१ वर्ष पुगेकाले मदिरा पिउन पाउने

काठमाडाैं । दिल्लीमा २१ वर्ष पुगेकाले मदिरा पिउन पाइने भएकाे छ। दिल्ली सरकारले रक्सीको तस्करी रोक्‍न र राजस्व बढाउन एक्साइज नीति परिवर्तन गरेको छ। याेसँगै दिल्लीमा  २१ वर्ष उमेरदेखि नै मदिरा पिउने पाइने भएकाे छ।

दिल्लीका उप-मुख्यमन्त्री मनीष सिसोदियाले सोमबार नयाँ एक्साइज नीति घोषणा गरेसँगै मदिरा पिउने उमेर २५ बाट २१ वर्षमा झरेको हो। तर २१ वर्ष मुनिका उमेर समूहले रक्सी पिउन पाउनेछैनन्।

क्याबनेटबाटै स्वीकृति पाएकोले यो नियम लागु हुने उनले जानकारी दिए। साथै दिल्लीमा नयाँ मदिरा पसल खोल्न रोक लगाइएको छ।

दिल्लीमा अब सरकारी मदिरा पसल हुनेछैन। यसका साथै नयाँ मदिरा पसललाई पनि स्वीकृति दिइने छैन,’ उनले भने।

अन्तशुल्क छली गर्न यो नियम लागु गरिएको उनले जानकारी दिए। यो नीति लागु भएपछि २० प्रतिशतसम्म राजस्व वृद्धि भएको बताइन्छ।

उत्पादन शुल्कमा आएको परिवर्तनको बारेमा दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले भने,नयाँ आबकारी नीति दिल्लीमा मदिरा माफियाको लागि झटका हो।

यो सुधार लाई पटरी गर्न माफियाले केहि गर्न सक्दछ। आम आदमी पार्टीको सरकारले दिल्लीको शिक्षा, पानी, बिजुली र स्वास्थ्य विभागहरूबाट माफिया नियम समाप्त गरेको छ। हामी पनि उत्पादन शुल्क सुधार गर्न प्रतिबद्ध छौं।