दोहोरो नागरिकता लिने फरार पक्राउ
९ चैत्र २०७७, सोमबार १९:३२
राजविराज । सप्तरी प्रहरीले दोहोरो नागरिकता लिएको कसूर मुद्दा फरार एक जना प्रतिवादीलाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–८ बैरियाहीका ३२ वर्षीय जिवछ ठाकुर रहेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
२०७२ बैशाख १४ गते सप्तरी जिल्ला अदालतले ठाकुरलाई सो मुद्दामा २० हजार जरिवाना र एक वर्ष कैद सजाय फैसला गरेको थियो ।त्यस लगत्तै फरार रहेका ठाकुरलाई ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले पक्राउ गरिएको हो । यसैबिच कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया