प्रचण्ड र माधव नेपालसँग चिनियाँ राजदूतको भेट
९ चैत्र २०७७, सोमबार १६:२०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनिया राजदुत हौ यान्छीबीच खुमलटारमा भेटवार्ता भएको छ ।
चिनिया राजदुत यान्छीले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटारमै पुगेर भेटवार्ता गरेकी हुन् । राजदूत सो भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र सर्वोच्चको फैसलापछि विभक्त नेकपा माओवादी तथा एमालेको अवस्थाबारे जिज्ञासा राखेको बताइएको छ ।
त्यस्तै सत्तारुढ दल नेकपा एमालेभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला प्रचण्डले आज बिहानै आफ्नो निवास खुमलटारमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गरेका छन् ।नागरिक खबरमा लेखिएको छ ।
स्रोतका अनुसार उक्त भेटमा समसामयिक राजनीतिबारे कुराकानी भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया