मानिसले विरुवाबाट कार्बनडाइअक्साइड लिन्छ भन्ने वनमन्त्री आज हात्तीका बथान लिएर गैँडा गन्न पुगे – Nagarikabhiyan : National News

मानिसले विरुवाबाट कार्बनडाइअक्साइड लिन्छ भन्ने वनमन्त्री आज हात्तीका बथान लिएर गैँडा गन्न पुगे

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा वनमन्त्री प्रेम आलेलगायत उच्‍च सरकारी पदाधिकारीहरू हात्तीको बथानसहित चितवन राष्ट्रिय निकुञ्‍जमा गैंडा गणना गर्न पुगेका छन् । आजदेखि दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना सुरु भएको छ।

गैँडा गणनाका लागि  चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गैंडा गणना थालिनेछ। गणनामा प्रयोग गर्न ४० वटा हात्ती तयारी अवस्थामा राखिएको छ। गणनाका लागि चाहिने गणक, हात्ती र प्राविधिकसहित बन्दोबस्तीको सामग्री तायरी अवस्था रहेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख अणनाथ बरालले जानकारी दिए।

राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिँदैछ। गणनामा ४० जना मुख्य गणक र बैकल्पिक २० जना सहभागी हुनेछन्। चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र चैत १९ देखि शुक्लाफाँटामा गणना गरिने छ। अघिल्लो गणनाको ६ वर्षपछि गैंडा गणना गर्न लागिएको हो ।