नेकपा एमालेकी नेतृ रामकुमार झाँक्री सांसदको पद धरापमा !
८ चैत्र २०७७, आईतवार २०:२४
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमार झाँक्रीसहित माधवकुमार नेपाल पक्षधर सांसदको पद धरापमा परेको छ । शनिबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधानलाई संशोधन गर्दै अधयक्ष ओलीलाई समानुपातिक सांसद चयन गर्ने र हटाउने अधिकार दिएको छ ।
पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेमा वा स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नआएमा सांसद हटाउन पनि सक्ने गरी बैठकले अध्यक्ष ओलीलाई अधिकार दिएो नेताहरुले बताएका छन् । पार्टीभित्र ठूलो संख्याका नेता असन्तुष्ट रहेका बेला ओली आफू शक्तिशाली बन्ने गरी पार्टीबाट निर्णय गराएका हुन् ।
अध्यक्ष ओली र नेता माधवकुमार नेपाल समूहबीच टकराव बढिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई थप शक्ति प्रदान गरेको हो । यस शक्तिको प्रयोग गरेर अध्यक्ष ओलीले आफू इतर समूहमा लागेका समानुपातिक सांसदलाई हटाउने आशंका बढाएको छ ।
सो अधिकार पाएसँगै अब अध्यक्ष ओलीले नेपाल समूहमा लागेका समानुपातिका सांसदहरु हटाउन सक्ने अनुमान गरिएको छ । आफू इतरका सांसद हटाएर बन्द सूचीबाट आफू पक्षधरलाई सांसद बनाउन ओली अग्रसर हुने आशंका गरिएको छ ।
यदी अध्यक्ष ओलीले आफू इतरमा सांसद हटाएमा पहिलो निशाना रामकुमार झाँक्री पर्ने देखिन्छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओली र उनको सरकारको कडा आलोचना गर्ने मध्येकी अग्रपंक्तिमा देखिन्छन्, सांसद झाँक्री । झाँक्री समानुपातिकबाट सांसद बनेकी हुन् ।
झाँक्रीसहित नेपाल समूहमा रहेका सांसदहरु आफ्नो समूहमा नआए हटाएर बन्द सूचीमा रहेका आफूपक्षधरलाई सांसद बनाएर बाँकी दुई वर्ष सरकार चलाउने गरी प्रधानमन्त्री ओली अगाडि बढेका छन् ।
यसर्थ झाँक्रीसहित नेपाल समूहका सांसदहरु कि ओली समूहमा आउनु प¥यो कि सांसद पद गुमाउनु प¥यो, यी दुई मध्ये एक रोज्नुपर्ने अवस्था अध्यक्ष ओलीले बनाउने एमालेकै नेताहरु बताउन थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया