बिना कारण प्रहरीले यातना दिएको आरोप – Nagarikabhiyan : National News

बिना कारण प्रहरीले यातना दिएको आरोप

देवानगंज । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जका ४० वर्षिय बौवानारायण मेहलाले आफूलाई जिल्ला प्रहरी कार्यालयमा विना कारण चार घटना थुनेको र यातना दिएको आरोप लगाउनुभएको छ ।

आफ्नै मामा माईजुको विवादका बारेमा सहजिकरणका लागि २०७७ चैत ५ गते विहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुग्दा आफूलाई मुद्धा बढाउन दबाव दिने नाईकै भन्दै प्रहरीले चार घटना विना कारण हिरासतमा राखेर चरम यातना दिएको खुलासा गर्नुभएको छ ।

प्रहरी परीसरबाट गिरफ्तार गरे लगत्तै आफूलाई डिएसपी सर (नाम थाहा नभएको प्रहरी)ले आफूलाई मुक्का, लातीले हिर्कार चरम यातना दिँदा आफ्नो टाउँको दुखेको, खान सुन्न समस्या भएको र पाँच घण्टासम्म वेहोस जस्तो बनाएर कोठामा थुनेको सनिबार पत्रकार सम्मेलन गरी आरोप लगाएका छन ।

प्रहरीको कडा यातनाबाट शरिरमा दुखाई बढेको, कान सुन्न समस्या भएको र टाउको दुखेकोले स्थानीय नीजि किल्नकमा दुखाई क मगर्ने औषधी किनेर सेवन गरेको बताउनुभयो । यातनाको विषयमा कानुनी उपचार गरिएको छैन भने न्यायका लागि पत्रकार सम्मेलन गरी दोषीलाई कार्वाही आफनो उपचारको व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

पीडित मेहताले पत्रकार सम्मेलनबाट गरिएको गुनासोबाट सुनुवाई नभए राष्ट्रिय मानवअधिकार आयोग र इन्सेकमा उजुरी गर्ने तथा जिवन रक्षको लागि समेत निवेदन दिने बताउनुभयो । मेहताका अनुसार प्रहरी प्रशासनले झुट्टा मुद्दामा फसाउनको निम्ति जबरजस्ती अरुको सहजीकरण गर्न आउदाँ यातना दिएकाले मानव अधिकार उलघंन समेत भएको दावी गर्नुभयो ।

यसैबीच, मेहताले प्रहरीले विना कारण हिरासतमा राखेको र यातना दिएको विषयमा सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले पीडित र पीडकलाई उचाल्ने काम गरेकाले समान्य रुपमा हप्काएको प्रतिकृया दिनुभयो । वहाँले विवाद मिलाउन सहज हुने भनेर केही छुटै कोठामा राखिएको समेत प्रतिकृया दिनुभयो ।