इतिहास बनाऊ : निकास निक्लन्छ
७ चैत्र २०७७, शनिबार ०७:३४
आधुनिक नेपालमा, अझ २००७ सालयता मधेशी मूलका कुनै व्यक्ति नेपाल राज्यकाे कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री हुन सकेका छैनन् । वर्तमान गतिराेधकाे अन्त र राजनीतिक निकासकाे लागि जनता समाजवादी पार्टीका सुप्रिमाे महन्त ठाकुरलाई प्रधानमन्त्री बनाउन नेपाली काँग्रेस र माअाेवादी केन्द्र नेतृत्वले कुनै बिलम्ब गर्नु हुँदैन ।
संसदमा अङ्क गणितीय हिसाबले चाैथाे पार्टी भए पनि वर्तमान समयमा जसपा जताबाट पनि शक्तिशाली भएकाे देखिन्छ । जसपासँग जाेकाेहीले सत्ता साझेदारीकाे सहुलियत प्राप्त गर्न सक्दछ । प्रधानमन्त्री केपी अाेलीले अाफ्नै नेतृत्वकाे सरकारलाई जाेगाउन जसपालाई धेरैवटा मन्त्रालय र सभामुख दिने गरी सरकारमा शामेल हुन फकाइरहकाे बेला जसपाभित्र नेताहरूकाे अाफ्नै स्वार्थ बाझेपछि जसपा अाफैं अनिर्णित छ । देशसँग र जसपासँग एउटा मजबुत बिकल्प रहँदा रहँदै पनि जसपा नेतृत्वले साहस बटुल्न सकेकाे छैन ।
जसपाले संविधान जाेगाउन बाेल्डली केपी सरकारकाे बिरूध्दमा उत्रिएकाले नेपाली काँग्रेस र माअाेवादी केन्द्रसँग सरकारकाे नेतृत्व गर्न पाउने दावेदारी गर्दै प्रतिगमनका बिरूध्द लडेका पार्टीहरूकाे संयुक्त सरकार बनाउन बार्गेनिङ्ग अगाडि बढाउनु पर्छ । अहिले जसपा जत्तिकाे बार्गेनिङ्ग पावर अरू कसैमा छँदै छैन । इतिहासले नेपाली राजनीतिलाई यस्ताे माेडमा ल्याइदिएकाे छ कि मधेशी समुदायका व्यक्ति प्रधानमन्त्री हुन खासै असम्भव देखिंदैन । अाखिर जसपा किन सरकारकाे नेतृत्वकाे दाबी गरेर शेरबहादुर देउवा र पुष्पकमल दाहाल “प्रचण्ड” सँग वार्ता गर्दैन ? अहिले जसपाले सरकारकाे नेतृत्व गर्नु हुँदैन” भनेर जसपा नेता लक्ष्मणलाल कर्णले भनेझैं यदि जसपाले बाेल्डली साहससाथ निर्णय गरेन भने हिजाे नेपाली काँग्रेसमा महेन्द्रनारायण निधिले लबिङ्गकाे अभावमा प्रधानमन्त्री बन्न नसक्दा कैयाैं वर्षसम्म मधेशी मूलकाे व्यक्ति प्रधानमन्त्री बन्ने लाइनमा खडासमेत हुन सकेन; हाे त्यही चक्र फेरि न दाेहाेरिएला भनेर भन्न सक्ने अबस्था छैन । तसर्थ जसपाकाे नेतृत्वमा मधेशी मूलका व्यक्तिलाई संयुक्त सरकारकाे प्रधानमन्त्री बनाएर एउटा इतिहास बन्छ र यसले गतिराेधकाे अन्त गरी राजनीतिक निकास पनि दिन्छ ।
हुनत जसपामा प्रधानमन्त्री चलाउन सक्ने क्षमताका अनुभवी नेताहरूकाे अभाव छैन; पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महताेजस्ता परिपक्व नेताहरू छन् । त्यस सूचिमा पर्ने अर्काे नाम महन्थ ठाकुर पनि हाे । प्रधानमन्त्रीकाे लागि महन्त ठाकुर वर्तमान परिवेशमा तुलनात्मक अझ बढी उपयुक्त पात्र हुन सक्दछन् । उनी बिगतमा नेपाली काँग्रेसका प्रभावशाली नेता पनि थिए । उनकाे पहिचान सरल र सफा छ । उनकाे छवि निष्कलङ्क छ । नेपाली काँग्रेसले महन्थ ठाकुरलाई याे अबसर दिन शायद सञ्काेच मान्ने अबस्था पनि छैन । नेकालाई ठाकुर कम्फर्टेबल हुनेछ । उता प्रचण्डलाई पनि जसपा कम्फर्टेबल नै हुनेछ । प्रचण्डले सरकारकाे नेतृत्व नगर्ने भनेकै छ । यस अबस्थामा जसपाले याे राजनीतिक लाभ लिन नसक्नु उसकाे अकर्मण्यता नै ठहरिने छ । मधेशी समुदायलाई कार्यकारी तहमा पुग्न बाधा छ भन्ने पहाडे समुदायमाथि लगाइने अाराेपलाई समेत यस परिघटनाले ऐतिहासिक रूपमा चिर्ने भएकाेले सबै पक्ष यस विषयमा लिबरल हुने ठूलाे सम्भावना छ ।
वर्तमान अबस्थामा केपी अाेलीलाई प्रधानमन्त्रीबाट न हटाएसम्म राजनीतिक गतिराेधकाे अन्त हुने र निकास निस्कन सक्ने अबस्था देखिंदैन । त्याे भएर एउटा साझा नेता खाेजिनुपर्छ । महन्त ठाकुर विवादहरूमा न तानिएका नेता हुन् । पाकाे, बाैध्दिक र अन्तर्राष्ट्रिय सम्बन्धका अाधारमासमेत फिट व्यक्ति महन्थ ठाकुरभन्दा उपयुक्त अहिले अरू काेही न हाेला ।
अत: शेरबहादुर देउवा र प्रचण्डले उदारता देखाएर महन्थ ठाकुरलाई सरकारकाे नेतृत्व गर्ने अवसर दिन एक दिन पनि ढिलाे गर्नु हुँदैन ।
जसपा धेरैवटा दलहरू मिलेर बनेकाे हुनाले यसमा सिनियर नेताहरूकाे संख्या धेरै छ । त्यही भएर याे पार्टीमा राजकीय जिम्मेवारीमा पुग्न ठूलाे तँछाडमछाड र प्रतिस्पर्धा हुनु सामान्य कुरा हाे । केही नेताहरू बिगतमा पटक पटक सरकारमा पुगेकाे भएता पनि उनीहरू लामाे समयदेखि सत्ता सञ्चालनमा भाग लिन पाएका छैनन् । त्याे भएर जसपाका एकथरिका नेताहरू केपी नेतृत्वकै सरकारमा गई सभामुख, एकदर्जन बढी मन्त्रालय, दुईजनासम्म उपप्रधानमन्त्री अाफ्नाे पक्षमा पर्ने भरपुर सम्भावनाकाे कुरा गर्दछन् । यस अबस्थामा उनीहरूले अाफू एडजस्ट हुनसक्ने ठूलाे स्पेस हेरिरहेका छन् । यसले केपी सरकारकाे बिरूध्दमा जसपालाई जान सहज भइरहेकाे छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया